७ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025


चक्कु प्रहारबाट ८ जना घाईते, चक्कु प्रहार गर्नेलाई गोली हानियो


0
Shares

प्रहरीले चक्कू प्रहार गर्ने उक्त व्यक्तिलाई गोली हानी मारिदिएको छ । चक्कू प्रहार गर्दै हिंडेका उनलाई प्रहरीले गोली हान्दा मारिएका हुन् ।

आक्रमणकारीले बाटोमा हिडिरहेका व्यक्तिमाथि अचानक आक्रमण गरेको रुसी अधिकारीहरुले जनाएका छन् ।

घटना पश्चिमी साइबेरियन शहरको केन्द्रमा भएको हो । सरकारी समाचार संस्था आरआईए नोवोस्तीका अनुसार घाइतेलाई अस्पतालमा भर्ना गराइएको छ ।

जसमध्ये दुईको अवस्था गम्भीर छ । स्थानीय समाचार संस्थाहरुले आक्रमणकारी मानसिक रोगी भएको हुनसक्ने अनुमान गरेका छन् ।(एजेन्सी)