Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


के भने पूर्व प्रधानमन्त्री नेपालले उत्तर कोरियाबाट फर्किएपछि ?


0
Shares

उत्तर कोरियाको साताव्यापी भ्रमणगरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग शनिबार (आज) संक्षिप्त कुराकानीमा उनले प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै पीडितलाई न्यायोचित ढंगले राहत वितरण गर्नुपर्नेमा जोड दिए ।

प्रदेश र केन्द्रीय चुनाव एकैपटक गर्ने तीन दलीय सहमतिको स्वागत गर्दै नेता नेपालले निर्धारित समयभित्र निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने र मुलुकले पूर्वाधार विकास तथा आर्थिक समृद्धिमा गति लिने बताए ।

एसियाली सांसदको भेलामा सहभागी भएका पूर्व प्रधानमन्त्री नेपालले शस्त्र न्यूनीकरणका विषयमा उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीचमा देखिएको तनावलाई कूटनीतिक माध्यमबाट वार्ता गरी समाधान खोज्न सुझाए । रासस