बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न सप्तरी पुगेका महतोले संविधान संशोधनको माग कुनै दलको नभई सबै मधेशी, आदिवासी जनजाति, शोसित पीडित जनताको भएको जिकीर गरे ।
संसदमा रहेका सबै दललाई विधेयकको पक्षमा मतदान गर्न आग्रह गर्दै महतोले पारित हुने वित्तिकै राजनीतिक निकास निस्कने र चुनावका लागि बातावरण सहज पनि हुने बताए ।
बाढी र डुबानबाट पुगेको क्षेत्रको पुनर्निर्माण र पीडितलाई क्षतिपूर्तिका लागि सरकारले ३६ अर्ब रुपैयाँ छुटयाउनुपर्ने उनको माग छ ।





प्रतिक्रिया दिनुहोस्