कांग्रेस सांसदद्वय गगन थापा र रामहरि खतिवडाले संसद बैठकमा बोल्दै नगर प्रमुखको घरमा राति मतदाता नामावली थपिएको आरोप लगाएका हुन् ।
सांसद थापाले भने, ‘यो सन्दर्भमा अपराधीलाई कारवाही भएर निर्वाचनको पवित्रताको सन्दर्भमा हामीलाई आश्वस्त बनाउने काम भएन भने हिजो गरिएको कामकारवाहीलाई हामी मान्दैनौं, हामी प्रश्न उठाउनेमात्र होइन, उत्तर कसरी लिने भन्नेकुरा हामीलाई राम्रोसँग थाहा छ ।’
नेकपा एमालेले निर्वाचन आयोगको पवित्रतामाथि आँच पु¥याउने काम गरेको सांसदद्वयको गुनासो थियो ।





प्रतिक्रिया दिनुहोस्