Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


एएफसी यूथ-२३ च्याम्पियनसिपः पहिलो खेलमा नेपालले ओमानसँग खेल्ने


0
Shares

काठमाडौं । एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल तालिका सार्वजनिक भएको छ ।

कतारमा हुने छनोट चरणको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी ओमानको सामना गर्नेछ ।

एसियन फुटबल महासंघ (एएफसी) ले हिजो सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ‘ए’ को नेपालले पहिलो खेलमा मार्च २२ तारिखमा ओमानसँग खेल्ने भएको हो ।

यसैगरी २४ मार्चमा कतारसँग तथा २६ मार्चमा अफगानिस्तानसँग खेल्नेछ । समूहको शीर्ष टोलीले थाईल्याण्डमा हुने एएफसी यूथ–२३ च्याम्पियनसिप खेल्नेछन् ।

यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।

च्याम्पियनसिपका लागि ४४ टोलीले छनोट खेल खेलिरहेका छन् ।

जसलाई एएफसीले ११ समूहमा विभाजन गरेको छ । यी ११ समुहबाट छानिने १६ टोलीले फाइनल चरण खेल्नेछन् ।