
स्थानीय समयअनुसार सोमबार बिहान भएको सो दुर्घटनामा १० अमेरिकी नौसैनिक बेपत्ता भएको र पाँचजना घाइते भएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् ।
प्रारम्भिक सूचनाका अनुसार लाइबेरियाली झण्डा भएको इन्धनवाहक जहाजसँग अमेरिकी नौसेनाको युद्धपोत ठोक्किएको हो ।
दुई महिना यता अमेरिकी युद्धपोत दुर्घटना भएको यो दोस्रो पटक हो । दुई महिनाअघि अमेरिकी युद्धपोत एउटा मालवाहक जहाजसँग ठोक्किदा सात नौसैनिकको मृत्यु भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्