त्रि–चन्द्र कलेज स्थापनाको एकसय वर्ष पूरा भएको अवसरमा सोमबार (आज) राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवालाई कलेजको पूर्व विद्यार्थीको रुपमा सम्मान गरिएको हो ।
क्याम्पस प्रमुख प्राध्यापक डा.प्रदीप बहादुर न्यौपानेले देउवालाई सम्मान गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री देउवाले देशमा भएका परिवतर्नमा त्रिचन्द्र कलेजका विद्यार्थीको ठूलो भूमिका रहेको बताए ।
कार्यक्रममा वि.सं. २००० सालभन्दा अघिका जिवित विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । साथै, प्रधानमन्त्री देउवाले वरिष्ठ संस्कृतीबिद् सत्यमोहन जोशी र नरकान्त अधिकारीलाई सम्मान गरे । ।
यस्तै, स्नातक तहमा उत्कृष्ट अंक ल्याउने विद्यार्र्थीलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी, द्रुत लेखनमा विश्व किर्तिमानी कायम गरेका सोही कलेजका विद्यार्थि मंगल बहादुर विष्ट तथा कलेजका प्राध्यापक, सहप्राध्यापक र कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्