सरकारले संसदमा पेस गरेको संविधान संशोधन विधेयकमा संसदमा भएको मतदानमा दुई तिहाइ मत नपुगेपछि राजपाले आन्तरिक छलफल गर्दै आगामी रणनीति पनि बनाउँदैछ ।
राजपाको मंगलबार राजधानीमा बसेको बैठकपछि नेता केशव झाले योपटकको संसदबाट संविधान संशोधन विधेयक पारित नभएपनि अर्को पटक दुई तिहाइ मत पु¥याएर संविधान संशोधन विधेयक पारित गर्ने बताए ।
उनले तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गर्ने पनि बताए ।
कांग्रेस–माओवादी गठबन्धनसँगको सहकार्यलाई केन्द्र र प्रदेशको चुनावमा पनि निरन्तरता दिने उनको भनाइ छ ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेकै कारण संविधान संशोधन विधेयक पारित नभएको भन्दै राजपाले एमाले तराई–मधेसविरोधी दल रहेको पुष्टि भएको पनि जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्