काठमाडौं । संयुक्त अरब एमिरेट्स यूएइसंग शुक्रबारदेखि हुने क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा भएको हो ।
टोलीमा पहिलो पटक भीम सार्की, पवन सर्राफ, अभिनाश बोहोरा र सन्दीप जोरा समेटिएका छन् । अनुभवी खेलाडी शरद भेषावकर भने अस्वस्थताका कारण टोलीमा छैनन् ।
अन्य खेलाडीहरुमा उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन् ।
त्यसैगरी वैकल्पिक तीन खेलाडीमा सुशन भारी, विक्रम सोब र ललित भण्डारी रहेका छन् ।
नेपालले माघ ११ गते शुक्रबारदेखि १४गते सोमबारसम्म तीन वटा एक दिवसीय र माघ १७ देखि माघ २० गतेसम्म तीन वटा ट्वेन्टी ट्वेन्टी खेल्नेछ । सबै खेल युएईको मैदान दुबईमा हुनेछन् ।








प्रतिक्रिया दिनुहोस्