काठमाडौं । थाइल्याण्डमा सम्पन्न ट्वेन्टी ट्वेन्टी महिला क्रिकेट प्रतियोगिताको उपविजेता नेपाली टिम स्वदेश फर्केको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल फर्केपछि संचारकर्मीसंग नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेले प्रतियोगिताबाट धेरै सिक्ने मौका पाएको बताइन् ।
समूह चरणमा अपराजित रहँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले इन्डोनेसियालाई ९२ रनले हराएर फाइनलमा पुगेको थियो ।
फाइनलमा नेपाल आयोजक थाइल्याण्डसँग ७० रनले पराजित भएको थियो ।
नेपालले समूहको पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले, तेस्रो खेलमा युएईलाई ६ विकेटले र थाइल्याण्ड ‘ए’ लाई नौ विकेटले पराजित गरेको थियो ।
अन्तर्राष्ट्रिय सहभागिताको १२ वर्षमा दोस्रो पटक उपाधि नजिक पुगेर नेपाल उपाधिविहीन हुन पुगेको हो ।
यसअघि सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसीसी महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो ।








प्रतिक्रिया दिनुहोस्