
फाइल तस्बिर
चाडपर्वलक्षित सुपथमूल्यका पसल उपत्यकासहित देशका विभिन्न स्थानमा गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
चाडपर्वकाबेला चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुन प्रतिकिलो २, बास्मती चामल र फापरको पिठो प्रतिकिलो १० रुपैयाँ, अन्य चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने आपूर्ति मन्त्रालय संस्थान शाखा प्रमुख उर्मिला केसीले जानकारी दिइन् ।
यस्तै, खसी–बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिने जनाइएको छ ।
साल्ट ट्रेडिङले उपत्यकाका विभिन्न ११ स्थानसहित देशभर ३६ स्थानमा सुपथमूल्यका पसल सन्चालन गर्ने केसीले जानकारी दिइन् ।









प्रतिक्रिया दिनुहोस्