
सोमबार (हिजो) सीमा क्षेत्र पनगोंग ताल नजिक दुई देशबीचका सैनिकहरुले एक–आपसमा ढुंगा हानाहानको भिडियो सन्चारमाध्यममा सार्वजनिक भएपछि विदेश मन्त्रालयलले आफ्ना सैनिकहरु घाइते भएको पुष्टि गरेको ‘पिपुल्स डेलि चाइना‘ले उल्लेख गरेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनवींगका अनुसार अघिल्लो मंगलबार चिनियाँ सैनिकहरु पनगोंग ताल नजिक दुई देशबीचको सीमा क्षेत्र रेखाभित्रको आफ्नै भु–भागमा नियमित गस्तीको क्रममा हिँडिरहेका थिए । तर, एक्कसी भारतीय सीमा सुरक्षा बलले अवरोध गर्दै ढुंगा बर्साएका थिए ।
प्रवक्ता चुनवींगले सामान्य विवादमा भारतीय सैनिकले ‘भंयकर कारबाही’ गरेपछि शारीरिक रुपमै प्रतिकार गर्दा चिनियाँ सैनिक घाइते भएको बताइन् । उनले भारतीय पक्षसंँग पश्चिम सीमामा शान्ति कायम राख्दै दुईदेशबीच भएको संधी–सम्झौता र अन्तर्राष्ट्रिय कानुनको मर्यादा राख्नसमेत आग्रह गरेकी छन् ।
Chinese troops injured by Indian border troops’ fierce action: foreign ministry https://t.co/FeTJfw0bnj pic.twitter.com/EO0gibFPRS
— People’s Daily,China (@PDChina) August 22, 2017
उनले भनेकी छन्, ‘भारतीय रबैयाले हामीलाई अचम्मित बनाएको छ । यस विषयमा आमीले भारतीय पक्षसमक्ष हाम्रो असहमती लिखित रुपमै दर्ता गरेका छौँ ।’
भारत र चीनबीच डोक्लम सीमा क्षेत्रमा देखिएको समस्या अहिले पश्चिम सीमा क्षेत्र लद्दाखसम्म देखिएको छ । पछिल्लो समय दुईदेशबीचको टकराब उत्कर्ष तर्फ लम्किदै गएको बताइएको छ ।
विदेश मन्त्रालयले जुन सिद्धान्तले भारत चीनको सीमा क्षेत्रमा घुस्न खोजिरहेको छ, त्यहि सिद्धान्तलाई आधार मान्दै चीन भारतको सीमा क्षेत्रमा घुस्ने अवस्था आए भारतले चर्को मुल्य चुकाउनुपर्ने चेतावनीे दिएको छ ।
प्रतिक्रिया दिनुहोस्