२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


अछाममा भाईरल र टाईफाईडका विरामीहरु वढे, यस्ता छन जोगिने उपाए


0
Shares

प्रत्येक दिन जिल्ला अस्पताल अछाम, वयलापाटा अस्पताल, जिल्लाका विभिन्न ठाउँमा रहेका स्वास्थ्य संस्था र निजि क्लिनिकमा दैनिक जसो ज्वरोका विरामीहरु उपचारका लागी आउने गरेका स्वास्थ्यकर्मिहरुले वताएका छन ।

जिल्ला अस्पतालमा दैनिक ६०÷७० जना ज्वरोका विरामीहरु आउने गरेका र अधिकांसलाई भाईरल र टाईफाईड देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य निरिक्षक झपट ढुंगानाको भनाई छ ।

उता वयलपाटा अस्पतालमा दैनिक ६÷७ सय जना विरामी आउने गरेका र त्यस मध्य करिव डेढ दुईसय जना भाईरल र टाईफाईका विरामी हुनेगरेका वयलपाटा अस्पतालका मेडिकल सुपरिटेन्डेट डाक्टर विकास गौचनले बताए ।

यस्तै जिल्लाको सदरमुकाम मंगलसेनमा रहेको धर्मेश्वर पोलिक्लिनिकमा पनी दैनीक ५०/६० जना विरामी आउने गरेका पोलिक्लिनिकका संचालक पुष्प केसीले बताए ।

वर्षयाम सुरु भए संगै पानीका मुहान फोहर हुने, वातावरण खुल्ला नहुने, हिलोका कारण फोहर र दुर्गन्ध वढी हुने भएकाले यस्ता रोगहरु वढि फैलिने गरेका वयलपाटा अस्पतालका मेडिकल सुपरिटेन्डेट डाक्टर विकास गौचनको भनाई छ ।

यस्ता सरुवा रोगहरु वढि जसो मानिसहरुको वाक्लो उपस्थिती हुने ठाँउमा फैलने भएकाले विद्यालय, सुरक्षा निकायका क्याम्प, अफिस र वजारमा हिड्दा माक्स लगाएर हिड्न, हाछ्युँ गर्दा रुमालले मुख छोपेर गर्ने, पानी तताएर पिउने, झोल पदार्थ वढी पिउने, घर आगन सफा राख्ने र सरसफाईमा वढी ध्यान दिँदा यसवाट वच्न सकिने चिकित्सकहरुले सुझाव दिएका छन ।

भाइरल ज्वरो मानिसको रगतमा भाइरसको संक्रमण भएपछि आउने गर्छ । श्वासप्रश्वासको बेलामा नाकबाट घाटी हुँदै फोक्सोसम्म पुग्ने भाइसरले फोक्सोमा इन्फेक्सन गराउने त्यहाँबाट सो भाइरस रगतमा मिसिएपछि ज्वरो आउने गर्दछ ।

ज्वरो आँउदा मानिसको प्रतिरोधात्मक शक्ति कमजोर हुने र भाइरसहरु बलियो हुने गर्छ ।

तर ७२ घण्टा देखी पाँच दिन भित्रमा भाइरस क्रमस शिथिल हुदै गएको खण्डमा आफै निको हुने तर कहिले काही भाइरस तोकियभन्दा बढीसमय कडा रुपमा क्रियाशिल हुन्छ यस्तो अवस्थामा बढी रहयो भने मानिसको ज्यान समेत जानसक्ने चिकित्सकको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य निरिक्षक झपट ढुंगानाले विरामीहरु प्राय सरकारी भन्दा निजि क्लिनिकमा जाने भएवकाले पैसा र स्वास्थ्य दुवैको नोक्सान हुने गरेको बताउँछन् ।

उनले सरकारी स्वास्थ्य संस्थामा धेरै जसो औषधीहरु निःशुल्क पाईने भएकाले विरामीहरुले सरकारी स्वास्थ्य सस्थामा उपचार गर्न सुझाव दिएका छन् ।