Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


हाम्रो टाउकोको मूल्य तोक्नेहरु बलिया हुँदै गए : दाहाल (भिडियो)


0
Shares

अध्यक्ष दाहालले संघीयता, गणतन्त्र र समानुपातिक, समावेशी पक्षधर शक्तिहरु पछिल्लो समय कमजोर भएकाले मुलुकको स्थिति भयावह हुनसक्ने आशंका गरे ।

माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनको बुधबार काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष दाहालले माओवादी केन्द्र कार्यशैलीमा विचलित र सिद्धान्तमा स्खलित भएकै कारण प्रतिक्रिया र यथास्थितिवादीहरु चुनाव जित्ने अवस्थामा पुगेको टिप्पणी गरे ।

‘जो हिजो संघीयताका विरुद्ध थिए, जो हिजो गणतन्त्रका विरुद्ध थिए, जो हिजो संविधानसभाका विरुद्ध थिए, आज उनीहरु निर्वाचन जित्ने ठाउँमा आइपुगे, हामी निर्वाचन हार्ने ठाउँमा आइपुग्यौं’–उनले भने–‘हाम्रो टाउकोको मूल्य तोक्नेहरु बलिया हुँदै गए, हामी कमजोरजस्ता हुँदै गयौं ।’

अध्यक्ष दाहालले माओवादी केन्द्रप्रति मधेसी जनताको भरोसा कायमै रहेकाले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो स्थानमा आउने दाबी पनि गरे ।

भदौ ११ गतेसम्म चल्ने अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा देशभरिका दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

सम्मेलनले दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

भिडियो हेर्नुहोस्