Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


देउवा र मोदीबीच आजै अनौपचारिक वार्ता


0
Shares

भारतीय समकक्षी मोदीको निमन्त्रणमा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै नयाँदिल्ली पुगेका देउवाले बुधबारै साँझ मोदीसँग अनौपचारिक वार्ता गरेका हुन् ।

यद्यपि, औपचारिक वार्ता भने बिहीबार (भोलि)मात्र हुनेछ । देउवासँगको भेटवार्तापछि मोदीले आफ्नो ट्वीटरमा पनि त्यसबारेमा उल्लेख गरेका छन् ।

यसअघि, नेपाल वायुसेवा निगमको नियमित उडानबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नयाँदिल्लीमा उत्रँदा प्रधानमन्त्री देउवालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् ।

नयाँदिल्ली पुगेलगत्तै उनले नयाँदिल्लीस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गरेका थिए ।