Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


न्यू डायमन्ड पाँचौंपटक उपाधिनजिक


0
Shares

पोखराको लामाचौरमा तीज महोत्सवको अवसरमा जारी प्रतियोगिताको बुधबार भएको सेमिफाइनलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई सोझो सेटमा हराउँदै न्यू डायमन्ड पाँचौंपटक उपाधिनजिक पुगेको हो ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरको इन्द्रराज्य लक्ष्मी माविमा भएको सेमिफाइनलमा न्यू डायमन्डले खेल २५–१६, २५–१९ र २५–१७ ले जित्यो ।

त्यस्तै, बुधबारै भएको दोस्रो सेमिफाइनलमा शसस्त्र प्रहरीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो ।

सशस्त्र २५–१०, २५–२१ र २५–२० ले विजयी भएको हो ।