प्राधिकरण र आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनीबीच मंगलबार पीपीएमा हस्ताक्षर भएको हो ।
प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट प्रबन्ध सन्चालक मोहनप्रसाद गौतमले पीपीएमा हस्ताक्षर गरेका हुन् ।
पीपीए दर वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा रहेको जनाइएको छ ।
आगामी पुसबाट काम सुरु गरी ३६ महिनाभित्रमा सक्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्