Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


आयल निगमले झापामा तेब्बर बढी मूल्य तिरेर जमिन किनेको संसदीय समितिको ठहर


0
Shares

संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति मातहतको आपूर्ति उपसमितिले बुधबार मेचीनगर–१३ चारआलीस्थित जमिनको स्थलगत अनुगमन गर्दै यो ठहर गरेको हो ।

निगमले प्रदेश नम्बर–१ का लागि इन्धन भन्डारण गर्न भन्दै चारआलीमा २३ बिगाह ३ कट्ठा १३ धुर जमिन खरिद गरेको छ ।

स्थलगत अनुगमनकाक्रममा निगमले अस्वाभाविक मूल्यमा जग्गा खरिद गरेको पाइएको अनुगमन टोलीका सदस्य सांसद दीपक कार्कीले बताए ।

निगमले उक्त जग्गा प्रतिकट्ठा १३ लाख ५१ हजार रुपैयाँका दरले किनेको जिल्ला मालपोत कार्यालयको मोठमा उल्लेख छ ।

तर, जग्गाधनीले भने प्रतिकट्ठा ४ लाख ४० हजार रुपैयाँमात्र पाएको सांसद कार्कीले जानकारी दिए । अरु रकम आयल निगमले घोटाला गरेको दाबी संसदीय समितिको छ ।

अनुगमन टोलीका अर्का सदस्य रामवीर मानन्धरले निगमले प्रक्रिया मिलाएर जग्गा खरिदमा करोडौं रुपैयाँ घोटाला गरेको आरोप लगाए ।

४ लाख पनि नपर्ने जग्गालाई साढे १३ लाखमा खरिद गरिएको सांसद मानन्धरले दाबी गरे ।