गत वर्षको तुलनामा यो वर्ष दोब्बर तिल उत्पादन भएको हो । यस वर्ष सल्यानटार र परेवाटारका किसानले एक गाउँ एक उत्पादन भन्दै तिलको खेती गरेपछि उत्पादनका बृद्धि भएको हो । अन्य बालीभन्दा खेती गर्न सजिलो हुने र बिक्रीमा समेत समस्या नहुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।
धादिङमा तिल प्रतिकिलो ३ सय ३ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । किसानले खेर गएको जमिनमा व्यावसायिक रुपमा तिल लगाउन थालेपछि आम्दानीसमेत वृद्धि भएको छ ।
विषेशगरी पूजापाठ र अचार खान तिलको प्रयोग गर्ने गरिन्छ ।









प्रतिक्रिया दिनुहोस्