Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


अदुवा निकासी ठप्प हुँदा व्यापारी र किसान चिन्तित


0
Shares

१५ दिनदेखि अदुवा भारत निकासी हुन नसकेपछि बारीमै कुहिन लागेको भन्दै किसान चिन्तित बनेका हुन् ।

पूर्वी पहाडी जिल्लामा उत्पादन भएका अदुवाको मुख्य बजार नै भारत हो । ९० प्रतिशत अदुवा भारतका विभिन्न शहरमा निर्यात हुने गरेको छ । जेठदेखि असोजसम्म माउ अदुवाको मुख्य सिजन हो । तर, १५ दिनयता अदुवा पैठारी ठप्प छ ।

बजारमा हालसम्म २० प्रतिशत अदुवामात्रै गएको र ८० प्रतिशत किसानकै बारीमा भएकाले चाँडै भन्सार नखुले कुहिएर खेर जाने व्यापारी बताउँछन् । भारत सरकारले लागू गरेको नयाँ प्रणालीका कारण भारतीय व्यापारीले नेपालबाट अदुवा लैजान नमानेको कृषि उपज बजारस्थल सञ्चालक समितिका अध्यक्ष काजी गिरीले जानकारी दिए ।

अहिले धरान–१३ स्थित कृषि उपज बजारस्थलमा १२ गाडी अदुवा जाम भएर बसेको छ । अदुवा भारत निर्यात नभए नेपाली अदुवा उत्पादक किसान ठूलो नोक्सानमा पर्ने देखिएको छ ।