तेस्रो चरणकोे निर्वाचनमा सेना परिचालनको स्वीकृति « Imagekhabar – Online News Portal of Nepal


तेस्रो चरणकोे निर्वाचनमा सेना परिचालनको स्वीकृति


0
Shares

राष्ट्रपतिले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उक्त स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार नेपाली सेना र अन्य सुरक्षा निकायहरुलाई एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्ने राष्ट्रिय सुरक्षा परिषद्ले सिफारिस गरेको थियो ।

त्यस्तै, मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रधानमन्त्रीले पनि सेना परिचालनका निम्ति राष्ट्रपतिसमक्ष यही भदौ ५ गते सिफारिस गरेका थिए । रासस