Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


जोगवनी नाका ठप्प, सुनसरीको भेन्टाबारी नाका प्रयोगमा


0
Shares

भारत, बिहारको फारबिसगन्ज–जोगवनी सडकमार्गमा पर्ने परमान नदीको मिरगन्ज पुल बाढीले क्षतिग्रस्त भएपछि वैकल्पिक मार्गका लागि यो नाका प्रयोगमा ल्याइएको हो ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको पहलमा नेपाल–भारतबीच छलफल भइ भन्सार विभागले सहमति दिएपछि वैकल्पिक मार्गकारुपमा यो नाका प्रयोग गरिएको हो ।

भारत तथा तेस्रो मुलुकको आयात–निर्यातका लागि मेरुदन्डकोरुपमा रहेको विराटनगर नाका पुल नबनेसम्मका लागि भन्दै भारत प्रशासनले बन्द गराएको छ ।

नाका बन्द भएका कारण सुनसरी र मोरङका उद्योगलाई कच्चापदार्थ तथा उत्पादित वस्तु बोकेका सयौं कन्टेनर बीच बाटोमै अलपत्र परेका थिए ।