थाइ एअरवेजको विमानबाट शुक्रबार दिउँसो १ बजे उनी नियमित स्वास्थ्य उपचारका लागि थाइल्यान्डस्थित बैंकक जान लागेको अध्यक्ष ओलीका स्वकीयसचिव अनिश दाहालले जानकारी दिए ।
अध्यक्ष ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जानेछिन् ।
यही भदौ १४ गते उनी स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीयसचिव दाहालले बताए ।
नियमित स्वास्थ्य उपचारका लागि उनी ६/६ महिनामा बैंकक जाने गरेका छन् । यसअघि, जेठमा उनी उपचारका लागि बैंकक गएका थिए । रासस





प्रतिक्रिया दिनुहोस्