पोखराको लामाचौरमा बिहीबार भएको फाइनलमा सशस्त्रले न्यू डायमन्ड एकेडेमीलाई ३—० को सोझो सेटमा हराउँदै उपाधि चुमेको हो । सशस्त्रले खेल २५–१८, २५–१८ र २५–१२ ले जित्यो ।
उपाधिसँगै सशस्त्रले ७५ हजार रुपैयाँ पुरस्कार पायो । चारपटकको विजेता न्यू डायमन्डले उपविजेता बन्दै ५० हजार रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगितामा सशस्त्रकी स्पाइकर सरस्वती चौधरी उत्कृष्ट खेलाडी, पश्चिमाञ्चलकी पवित्रा बीसी उत्कृष्ट ब्लकर, अरुणा शाही उत्कृष्ट सर्भर, सशस्त्रकी विनिता उत्कृष्ट सेटर, नेपाल पुलिस क्लबकी कमला पुन उत्कृष्ट लिबेरो र सशस्त्रकी उषा विष्ट उत्कृष्ट क्विकर खेलाडीकारुपमा पुरस्कृत भए ।
नव आदर्श सामुदायिक विकास समाजद्वारा हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगितामा नेपाल पुलिस क्लब तेस्रो भएको छ ।
पुलिसले बिहीबारै पश्चिमाञ्चल भलिबल संघलाई ३—१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो । तेस्रो र चौथो हुनेले क्रमशः २० हजार र १५ हजार रुपैयाँ हात पारे ।
विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवविष्टले पुरस्कार वितरण गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्