Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


यू-१५ साफ फुटबलः नेपाल र बंगलादेश तथा भारत र भुटानले आज खेल्ने


0
Shares

आज हुने सेमिफाइनलमा नेपाल र बंगलादेश तथा भारत र भुटान खेल्ने छन् । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा सुरु हुनेछ ।

यसैगरी भारत र भुटानबीचको दोस्रो सेमिफाइनल पनि सोही समयमा सशस्त्र प्रहरीको हलचोकस्थित खेल मैदानमा हुनेछ ।

६ टोली सहभागि प्रतियोगितामा समुह ए बाट बंगलादेश र भुटानले सेमिफाइनलमा स्थान बनाउँदा श्रीलंका समूह चरणबाटै बाहिरिएको थियो ।

यस्तै, समुह बी बाट भारत र नेपालले अन्तिम चारमा स्थान बनाउँदा दुवै खेलमा फराकिलो हार भोगेको माल्दिभ्स प्रतियोगिताबाट बाहिरियो ।

उता, नेपालको प्रतिद्वन्द्वी बंगलादेश भने समुह चरणमा सतप्रतिशत विजयी नतिजा निकाल्दै सेमिफाइनल आइपुगेको हो ।