९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


सिरियाको रक्कामा अस्थायी युद्धविराम गर्न राष्ट्र संघको आह्वान


0
Shares

राष्ट्र संघले इस्लामिक स्टेटको नियन्त्रणमा रहेको रक्का शहरबाट सर्वसाधारणलाई बाहिर निस्किन दिनका लागि अस्थायी युद्धविरामको आह्वान गरेको हो ।

रक्कामा जारी युद्धका कारण २५ हजार सर्वसाधारण फसेको हुनसक्ने आशंका राष्ट्र संघले गरेको छ ।

गठबन्धन फौजसँग भीषण लडाइँ भइरहँदा आइएस लडाकुले सर्वसाधारणलाई शहर छोडेर जान नदिने प्रयास गरिरहेका छन् ।

राष्ट्रसंघले हवाई हमला गरिरहेको गठबन्धन फौजलाई केही समयका लागि आफ्नो कारबाही रोक्न आग्रह गरेको हो ।

राष्ट्र संघका अधिकारीहरुले आइएसका लडाकुले सर्वसाधारणलाई मानवढालको रुपमा प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

आइएस र गठनबन्धन फौजबीच जारी संघर्षमा सयौं मानिसको मृत्यु भइसकेको छ ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले रक्काको अवस्था निकै डरलाग्दो भएको जनाएको छ ।