९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


हलिउड फिल्मकै शैलीमा भाईलाई बचाए यी किशोरले, नायकले दिए बधाइ


0
Shares

तर अमेरिकाका एक किशोरले एउटा हलिउड फिल्ममा देखाइएको दृष्यबाट प्रभावित भएर आफ्नो भाईलाई मृत्युको मुखबाट बचाएका छन् ।

मिचिगनको रोजविलमा १० वर्षीय एक किशोरले स्वीमिङ पुलमा डुब्दै गरेको आफ्नो भाईलाई सकुशल उद्धार गरेका हुन् । ज्याकव ओकोनर नाम गरेका ती किशोरले भाइ डेलनलाई स्वीमिङ पुलमा डुब्दै गरेको देखेका थिए ।

तत्कालै उनको मस्तिष्कमा हलिउड चलचित्र सेन एन्ड्रियसको एक दृष्य याद आयो । भूकम्पपछिको सुनामीमा डुब्दै गरेको एक युवतीलाई नायक ड्वेन जोन्सनले उद्धार गरेको दृष्य सम्झदैं उनले आफ्नो भाईलाई उद्धार गरेका हुन् ।

ती किशोरकी आमालाई उद्धृत गर्दै संचारमाध्यमहरुमा समाचार प्रकाशमा आएपछि नायक ड्वेनले ती किशोरलाई ट्वीटरमार्फत बधाइ दिएका छन् ।

ज्याकवकी आमा क्रिस्टाले पनि छोराप्रति आफूलाई गर्व लागेको बताइन् ।

समाचार एजेन्सीहरुका अनुसार स्वीमिङ पुलमा डाइभ हानेर उनले भाईलाई बाहिर ताने । त्यसपछि फिल्मी शैलीमा उनले छाती थिचेर भाईको पेटभित्रबाट पानी निकाले । त्यति गर्दा पनि होस नआएपछि उनले घरमा रहेकी हजुरआमालाई खबर गरेर भाईलाई अस्पताल लैजान मद्दत गरेका थिए ।

हाल ती बालकको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । (एजेन्सी)