
भ्रष्टाचारसम्बन्धी एउटा मुद्दाको सुनुवाईको लागि अदालतमा उपस्थित हुन नसकेपछि सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री यिङलकलाई पक्राउ गर्न आदेश दिने बताएको हो ।
६ वर्षअघि आफू प्रधानमन्त्रीका निर्वाचित भएलगत्तै सुरु गरेको चामल अनुदान कार्यक्रममा अर्बौं डलर बराबरको आर्थिक अनियमितता गरेको आरोप उनीमाथि लगाइएको छ ।
सर्वोच्च अदालतले आज सिनावात्राविरुद्धको मुद्दामा फैसला सुनाउने तयारी गरेको थियो ।
तर पूर्वप्रधानमन्त्री यिङलक अस्वस्थ भएको भन्दै उनका वकिलले मुद्दाको पेशी सार्न अनुरोध गरेपछि दुई दिनका लागि सुनुवाई स्थगित गरिएको छ ।
तर उनी अस्वस्थ भएको यथेष्ठ प्रमाण जुटाउन उनका वकिल असफल भएको भन्दै अदालतले पक्राउ आदेश जारी गर्ने बताएको हो ।
सन् २०१५ मा सेना समर्थित संसद्ले महाअभियोग लगाएपछि प्रधानमन्त्री सिनावात्राले पद छाड्नुपरेको थियो ।
आरोप प्रमाणित भएको खण्डमा उनलाई लामो जेल सजाँय हुनेछ भने राजनीति गर्न आजीवन प्रतिबन्ध समेत लाग्नेछ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्