नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई आज आफ्नै निवास महाराजगञ्जमा बोलाएर बधाई दिँदै महामन्त्री कोइरालाले स्वतन्त्र प्रेसविनाको लोकतन्त्रको परिकल्पना असम्भव भएकाले आफ्नो पार्टी प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले लोकतन्त्रको संस्थागत विकासका लागि प्रेस जगतको भूमिका महत्वपूर्ण हुने भन्दै महासंघका नवनिर्वाचित पदाधिकारीलाई पनि सोही भूमिका निर्वाह गर्न सुझाव दिए ।
त्यस क्रममा महासंघका नवर्निवाचित अध्यक्ष गोविन्द आचार्यले महासंघले श्रमजिवी पत्रकारको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले पत्रकारमाथि अझै पनि शोषण भइरहेकाले त्यसको अन्त्य गर्न पहल गर्नेसमेत बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु डाक्टर शेखर कोइराला, सुजाता कोइराला, डाक्टर रामशरण महतलगायत सहभागी थिए ।





प्रतिक्रिया दिनुहोस्