कांग्रेसका सांसदहरुको एक महिना बराबरको तलब सहयोग गर्ने निर्णयबमोजिम संकलित उक्त रकम कांग्रेस संसदीय दलका सचिव ध्रुव वाग्लेले कांग्रेस कार्यबाहक सभापति विमलेन्द्र निधिलाई हस्तान्तरण गरेका हुन् ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमकाबीच उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको छ ।
निधिले सांसदहरुबाट संकलित उक्त सहयोग रकम कांग्रेस बाढीपीडित कोषको खातामा जम्मा गरिने बताए ।
सो अवसरमा कांग्रेस महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, संसदीय दलका कोषाध्यक्ष मीनाक्षी झालगायत केन्द्रीय सदस्य एवं सांसदहरुको उपस्थिति रहेको थियो ।
व्यवस्थापिका–संसदमा नेपाली कांग्रेसका २०७ जना सांसद रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्