
रक्का प्रान्तमा बिहीबार भएको भीषण झडपको क्रममा सरकारी बलले नियन्त्रणमा लिई सकेको क्षेत्रहरु पुनःजिहादीहरुले कब्जामा लिएका ‘सिरियन अब्जरभेटरी फर ह्युमान राइट्स’ले जनाएको छ ।
यसै महिनाको सुरुमा नै सरकारी सैनिक र सरकारसँग आवद्ध लडाकू मदान शहरको बाहिरी इलाकामा पुगेका थिए । रक्का प्रान्तको पूर्वीतर्फ पर्ने यो सहर आइएसको बलियो प्रभाव रहेको थियो ।
आइएस आतंककारी समूहले मदान शहरको पश्चिममा पर्ने बाहिरी इलाकाको ३० किलोमिटर परसम्म सुरक्षा बललाई लखेटेका थिए ।
रसियाको समर्थनमा आइएस आतंककारी विरुद्ध कारबाही चलाउँदै आएका सिरियाली सुरक्षाबलले प्रान्तीय राजधानी रक्का सहरमा भने छुट्टै लडाई जारी राखेका छन् ।
जिहादी समूहको बलियो प्रभाव रहेको सिरियाली, शहरहरुमध्ये एक यस शहरबाट आइएस आतंककारीलाई निकाल्नको लागि ‘सिरियन डेमोक्राटीक फोर्सेस्’ (एसडिएफ) र अमेरिकाआवद्ध कुदिस र अरब लडाकूहरुको प्रयास जारी रहेको छ ।
गत जुनमा सो शहरमा प्रवेश गरेका एसडिएफले जिहादीविरुद्ध जारी राखेको केही महिनाको कारबाहीपछि रक्का शहर ६० प्रतिशत कब्जामा लिइसकेका थिए ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सरकारी विरोधी आन्दोलन सुरु भएको थियो ।
सोही आन्दोलन कारक हुँदै अहिलेसम्म जारी द्वन्द्वमा परी तीन लाख ३० हजारभन्दा बढीको मृत्यु भएको छ ।
त्यसैगरी, यस आन्दोलनमा लाखौँ घाइते भएका छन् भने, लाखौंले घरभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य रहेका छन । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्