बाढी–पहिरोबाट विपत्तिमा परेकाहरुको सहयोगार्थ स्थापित सो कोषमा सबैको सहयोगको अपेक्षा गरेको जनाएको छ ।
कोषमा जम्मा हुने रकम बाढी–पहिरोबाट प्रभावित जिल्लामा वितरणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ ।
१० लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने व्यक्ति वा संस्थालाई कोषको साझेदार र ५ देखि १० लाख रुपैयाँ सहयोग गर्ने व्यक्ति वा संस्थालाई सहसाझेदार बनाइनेछ ।
५ लाखभन्दा कम, १ हजार रुपैयाँसम्म सहयोग गर्ने व्यक्ति वा संस्थाको नाम इमेज च्यानलको समाचार वा स्क्रोलमा प्रसारण गरिनुका साथै ‘नेपाल समाचारपत्र’ दैनिकमा पनि प्रकाशित गरिनेछ ।
सनराइज बैंकले १५ लाख, ग्लोबल आइएमई बैंकले ११ लाख र सगरमाथा इन्स्योरेन्सले १० लाख रुपैयाँ राखेर कोष स्थापना गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्