संगठन परिचालनमा कमजोरी र नेता गाउँ नपुग्दा हालैको स्थानीय तह निर्वाचनमा हारिएको उनले मूल्यांकन थियो ।
पार्टीको प्रदेश नम्बर–६ को प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेका अध्यक्ष दाहालले पत्रकारसँगको भेटमा माओवादी केन्द्रले हार्नुपर्ने जति हारिसकेको भन्दै अब नहार्ने दाबी गरे ।
पूर्वप्रधानमन्त्री दाहालले भने–‘माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ । हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ ।’
उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिलेमात्र देशमा राजनीतिक स्थिरता दिनसक्ने दाबी गरे ।
संविधान संशोधन विधेयक निर्णयार्थ पेस भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने अध्यक्ष दाहालको भनाइ थियो ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावपछि संविधान संशोधनको प्रस्ताव लगिने भन्ने भनाइप्रति इंगित गर्दै अध्यक्ष दाहालले भने–‘भर्खरै संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भएको छ । अब तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो । यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन ।’
परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरु प्रदेश र केन्द्रको चुनाव हुन नदिन लागिपरेकोसमेत उनले बताए । प्रदेश नम्बर–६ माओवादीको किल्ला भएको उनको दाबी छ ।
सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक समितिका करिब ५०० सदस्य सहभागी भएका छन् ।
प्रशिक्षणमा अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, शक्तिबहादुर बस्नेत, मायाप्रसाद शर्मा, टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल, महेश्वर गहतराजलगायत सहभागी छन् । रासस





प्रतिक्रिया दिनुहोस्