Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


प्रदेशसभा निर्वाचनका लागि एमालेद्वारा आयोगमा दल दर्ता


0
Shares

एमाले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वको टोली शुक्रबार आयोग पुगेर दल दर्ता गरेको हो ।

दल दर्तापछि उपाध्यक्ष गौतमले नेकपा एमाले प्रदेश निर्वाचनका लागि उत्साहका साथ लागिपरेको बताए ।

निर्वाचन आयोगले भदौ ११ गतेसम्म दल दर्ताका लागि मिति तोकेको छ ।

अहिलेसम्म ४४ दलले प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।