२९ श्रावण २०८२, बिहिबार | Fri Aug 15 2025


‘जथाभावी समाचार लेख्नेलाई नियन्त्रण गर्नुपर्छ’


0
Shares

नुवाकोट, माघ ५ । यस वर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्ट् दैनिकका प्रधानसम्पादक हरिबहादुर थापालाई प्रदान गरिएको छ ।

यसैगरी, गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कारबाट इमेज टेलिभिजनका समाचार सम्पादक दिल्ली बसेल सम्मानित भएका छन् ।

पुरस्कारहरुको राशि क्रमशः २५ हजार १ र १५ हजार रुपैयाँ छ ।

शनिबार नुवाकोटको सूर्यचौरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उनीहरुलाई सम्मान गरे ।

कार्यक्रममा सम्पादक समाज नेपालले अग्रज सन्चारकर्मीहरु हरिहर विरही र रघुजी पन्तलाई वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित गरेको थियो ।

कार्यक्रममा नेता नेपालले पत्रकारिता क्षेत्रका विकृति अझैपनि डरलाग्दो अवस्थामा रहेकाले जथाभावी समाचार लेख्ने पत्रपत्रिका, अनलाइनहरुलाई नियन्त्रण गर्नुपर्ने बताए ।

सूर्यचौरमा सम्पादक समाज नेपालले गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्र भवन निर्माण गरिरहेको छ ।

डेढ रोपनी क्षेत्रफलमा करिब दुई करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको केन्द्र डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा भवन निर्माणका लागि निरा वैद्यले १० लाख र साविक पहाडीले ३१ हजार रुपैयाँ सहयोग गरेका थिए ।