शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले आवश्यक सदस्य पुर्याउन नसक्दा पनि राप्रपा प्रजातान्त्रिकलाई दलको मान्यता दिइएको आरोप लगाए ।
प्रक्रिया पूरा नभएका पार्टीलाई मान्यता दिने नजिर स्थापित भए अन्य दल पनि गलत प्रक्रियाको शिकार बन्ने बताउँदै उनले भने–‘उक्त दलले ६६ सदस्य रहेको भनी आयोगमा दाबी गरेकामा पाँच सदस्यको कीर्ते दस्तखत गरिएको छ र चार सदस्य मुलधारको पार्टीमा फर्केका छन् ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणकाक्रममा सार्वभौम संसदले संविधान संशोधनको विषयमा निर्णय गरिसकेपछि पनि बहुमत पुर्याइ पुनः संशोधन गरिने भनी दिएको अभिव्यक्तिले नेपाल र नेपालीको शिर निहुरिएको उनको भनाइ थियो ।
पार्टीका सहमहामन्त्री राजाराम बर्तौलाले निर्वाचन आयोगले गरेको त्रुटिपूर्ण निर्णयकाविरुद्ध आइतबार अदालतमा निवेदन दर्ता गरिने जानकारी दिए ।
निर्वाचन आयोगले अदालतको परमादेशपछि राप्रपा प्रजातान्त्रिकलाई दलकारुपमा मान्यता दिने निर्णय गरेको थियो । रासस





प्रतिक्रिया दिनुहोस्