Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


भारतमा जीएसटी लागू भएपछि नेपाली भन्सारको राजश्वमा गिरावट


0
Shares

कैलालीको त्रिनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको साउनमा २७ करोड १५ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा १९ करोड ४३ हजार रुपैयाँ मात्र असुल गरेको भन्सार अधिकृत नरेशकुमार आचार्यले जानकारी दिए ।

यो लक्ष्यभन्दा ३० प्रतिशत कम हो । भारतमा लागू भएको जीएसटी प्रणालीको नकारात्मक प्रभाव नेपालको भन्सारमा परेका कारण अव राजश्व संकलनको लक्ष्य पूरा गर्न असम्भव हुने भन्सार कार्यालयले जनाएको छ ।

यसवर्ष त्रिनगर भन्सारलाई ३ अर्ब ८७ करोड ९९ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिइएको थियो ।

जीएसटी प्रणालीका साथै भन्सार छलीसमेत बढेका कारण साउनमा लक्ष्यभन्दा न्यून राजस्व संकलन भएको हो ।

जीएसटी प्रणाली लागू भएपछि भन्सार एजेन्टले बनाउने नक्कली बिल नियन्त्रणमा आउने विश्वास लिइएको थियो तर कैलालीमा यसको उल्टो भएको छ ।

जिएसटी प्रणाली लागू भएपछि कारोबारीले प्रज्ञापनपत्र भर्दा ढुवानी साधन नम्बर एकीन गरेर भर्नुपर्ने र पछि नम्बर फरक परेमा बिग्रेको अवस्थाबाहेक सच्याउन नसकिने व्यवस्था रहेको भन्सार कार्यालयले जनाएको छ ।