३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


बाढीले माडीको रौतनी खोलाको पुल भासियो, माडी–ठोरी सडकखण्ड अवरुद्ध


0
Shares

चितवन, असार १८ । अविरल वर्षाका कारण चितवनको माडीका अधिकांश खोलामा पानीको बहाब बढेको छ ।

पानीको बहाब बढेपछि माडी–ठोरी सडकखण्ड अवरुद्ध बनेको छ । अधिकांश खोलामा पुल नभएकाले यातायात सेवा अवरुद्ध हुँदा आवातजावतमा समस्या भएको छ । 

पानीको बहाब बढेकाले माडीको रौतनी खोलाको पुल भासिएको छ । माडीको अधिकांश क्षेत्र जलमग्न भएकाले उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

जिल्लाको माडी क्षेत्र वर्षेनी बाढीको चपेटामा पर्ने गरेको छ । गतवर्ष पनि माडीमा बाढीले ठूलै जनधनको क्षति भएको थियो ।