Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


मंगलादेवी सिहंको योगदानको स्मरण


0
Shares

नेपाल महिला संघ काठमाडौँ जिल्लाले मंगलादेवीको सालिक रहेको स्थान शोभाभगवतीमा एक कार्यक्रमको आयोजना गरी मंगलादेवीको सालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरेको हो ।

माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी भएको बताए ।

नेता सिंहले संविधानले महिलालाई जुन किसिमको अधिकार दिएको छ यो महिला आन्दोलनका कारण भएको उल्लेख गरे ।

नेपाली काँग्रेस काठमाडौँका सभापति सबुज (कृष्ण) बानियाँले महिलाको हकअधिकारका लागि मात्र नभएर गणेशमान सिंहलाई सर्वोच्च नेता बनाउन मंगलादेवीको ठूलो भूमिका रहेको चर्चा गरे ।

सांसद राज्यलक्ष्मी श्रेष्ठले महिला संघ मंगलादेवी सिंहले देखाएको बाटोमा हिँड्नुपर्ने विचार व्यक्त गरे ।

महिला संघ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनीले महिलाले भोट हाल्न पाउनुपर्छ र पढ्न पाउनुपर्छ भनेर अधिकारका लागि आवाज उठाउने महिला नेत्री मंगलादेवी भएको बताए ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेलाभई महिला संघको स्थापना भएको थियो । रासस