९ जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025


ट्रम्पद्वारा सेनामा तेस्रोलिंगीको भर्ना रोक्ने ‘मेमो’मा हस्ताक्षर


0
Shares

तेस्रोलिंगी सैनिकको भविष्यबारे अब पेन्टागनले निर्णय गर्नेछ ।

ट्रम्पले सेनामा कार्यरत् महिला तथा पुरुषले लिंग परिवर्तनका लागि गराइने शल्यक्रियामा पनि रोक लगाउन आदेश दिएका छन् ।

राष्ट्रपति ट्रम्पले गत जुलाइमा तेस्रोलिंगीलाई अमेरिकी सेनाको कुनैपनि पदमा काम गर्न नदिइने बताएका थिए ।

तेस्रोलिंगीले सेनालाई औषधि खर्च र अरु कारणले बोझ थप्ने ट्रम्पको तर्क छ ।

यसअघिका राष्ट्रपति बराक ओबामाले तेस्रोलिंगीलाई पनि सेनामा भर्ना हुन पाउने व्यवस्था गरेका थिए ।