Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


प्रधानमन्त्री देउवाको भारत भ्रमण समग्रमा सफल : दाहाल


0
Shares

प्रदेश नम्बर–७ को पार्टी प्रशिक्षण कार्यक्रमका लागि शनिबार धनगढी आइपुगेका अध्यक्ष दाहालले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मक ऊर्जा थपेको प्रस्ट गरे ।

उनले आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन कुनै हालतमा नरोकिने भन्दै त्यसप्रति शंका नगर्न आग्रह गरे ।

उनले तीनओटै तहको निर्वाचन सम्पन्न भइसकेपछि संघीय संविधान कार्यान्वयनको प्रारम्भिक चरण पूरा हुने बताए ।

निर्वाचन बहिस्कार गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललेसमेत निर्वाचनमा भाग लिने निश्चित भइसकेकाले २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन असोज २ गते शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास उनले व्यक्त गरे ।