Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


जन्मभूमि प्रदेश नम्बर–२ भएकाले एमाले पहिलो पार्टी बन्छ : बामदेव


0
Shares

एमाले मोर्चा संगठनले आयोजना गरेको ‘जनवर्गीय संगठनको अगुवा कार्यकर्ता भेला’लाई शनिबार राजधानीमा सम्बोधन गदै उनले भने–‘एमाले जुन ठाउँमा जन्मिएको हो । त्यही ठाउँमा असोज २ गते निर्वाचन हुँदैछ । त्यसैले, आफू जन्मिएको ठाउँमा एमालेले पहिलो स्थान ल्याउँछ ।’

उनले ‘मधेसवादी दल च्याउ उम्रेजस्तै उम्रेपनि एमालेले स्थानीय तहको निर्वाचनमा अग्रणी स्थान हासिल गर्ने’ बताए ।

पटक–पटकको परीक्षामा एमाले पास भएको भन्दै प्रदेश नम्बर–२ को स्थानीय निर्वाचनमा पनि पहिलो स्थान ल्याएर पास हुने उनको भनाइ थियो ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदबाट जारी गरिएको संविधानको बहुमत पुर्‍याएर संशोधन गर्ने कुरा गरेर रुपान्तरित संसदको अपमान गरेको धारणा राखे ।

‘संविधान पालन गर्ने र संरक्षण गर्ने स्वयं प्रधानमन्त्रीले नै संशोधन हुन नसकेको संविधान फेरि बहुमत पुर्‍याएर संशोधन गर्दछु भन्ने कुरा अर्को देशको राष्ट्रप्रमुखलाई भन्नु ठिक होइन’–उनले भने–‘यसबाट प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले नै संविधानको पालना गरिएको देखिएन ।’

कावा अध्यक्ष गौतमले एमालेको लोकप्रियता देखेर दक्षिण र उत्तरतिर फर्केकाले एमालेलाई हराउने प्रयासमा लागेको उल्लेख गरे ।

‘कुनै नीति, विचार र लक्ष्य नमिल्ने पार्टीहरु मिलेर एमालेकाविरुद्ध लागेका छन्’–उनले भने–‘तर त्यसले केही फरक पर्दैन । एमालेले लिएको नीति र विचारले नै जित्ने हो ।’

स्थानीय तहको अधिकार कटौती गरेको हुनाले संविधान संशोधन एमालेले असफल बनाएको धारणा उनले राखे ।

कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक्लाएक्लै चुनावमा लड्ने सामथ्र्य गुमाइसकेकाले गठबन्धन गरेर चुनाव लड्न लागेको आरोप लगाए ।

उनले दुई पार्टीको गठबन्धनलाई एमालेले एक्लै प्रदेश नम्बर–२ को निर्वाचनमा जित्ने दाबी पनि गरे । रासस