
आक्रमणकारी उक्त व्यक्तिले चार फिट लामोे एउटा धारिलो हतियार कारमा राखेको र प्रहरीका सवारी–साधननजिकै कार रोकेपछि प्रहरीले उनलाई पक्राउ गर्नेक्रममा दुईजना प्रहरी सामान्य घाइते भएको अधिकारीहरुले बताएका छन् ।
चक्कु प्रहार गर्ने व्यक्ति पनि घाइते भएको र उपचारका लागि उनलाई अस्पताल पुर्याइएको छ ।
अधिकारीहरुकाअनुसार अन्दाजी २६ वर्षको व्यक्तिले आक्रमण गर्न खोजेको आशंकामा उनलाई पक्राउ गरिएको र थप सोधपुछ भइरहेको छ ।
यसैबीच, घटना भएकाबेला राजदरबारभित्र शाही परिवारका कोही पनि नभएको बताइएको छ ।
घटना आतंकवादसँग सम्बन्धित रहे वा नरहेकोबारे अनुसन्धान भइरको जनाउँदै प्रहरीले केही बताउन अस्वीकार गरेको छ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्