९ जेष्ठ २०८२, शुक्रबार | Sat May 24 2025


भारतका धर्मगुरु सिंह बलात्कारी ठहर भएपछि हिंस्रक प्रदर्शन, मर्नेको संख्या ३६ पुग्यो


0
Shares

सिंहका समर्थकहरुले अदालतले गरेको फैसलाको विरोध गर्दै हिंस्रक प्रदर्शन गरेका हुन् ।

हरियाणामा हजारौं सर्वसाधारणले आफ्ना धर्म गुरु मानिएका गुरमित राम रहिम सिंहलाई बलात्कारको मुद्दामा अदालतले दोषी ठहर गरेपछि सुरु भएको प्रदर्शन अझै रोकिएको छैन ।

प्रदर्शनकारीहरुले सरकारी भवन, सरकारी तथा निजी सवारीसाधनमा आगजनी गरेपछि हिंसा चर्किएको हो ।

त्यस क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् भने केही हतियारसमेत बरामद गरिएको छ । प्रदर्शनकारीले २४ वटा सवारीसाधन ध्वस्त पारेका छन् ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस, पानीको फोहोरा प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको थियो ।

गैरनाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था सच डेरा सौदाका प्रमुखसमेत रहेका सिंहले आफ्ना दुई अनुयायी महिलामाथि बलात्कार गरेको ठहरसहित अदालतले दोषी प्रमाणित गरेको हो ।

उनको मुद्दाको अन्तिम सुनुवाई भोलि हुने बताइएको छ । (एजेन्सी)