Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


बेलायतमा सगुन डटकमको संजाल, शाखा विस्तारको भब्य तयारी


0
Shares

दोस्रो चरणको शेयर निस्कासनको घोषणासँगै बेलायतवासी नेपालीहरुले देखाएको व्यापक चासोपछि सगनु (sagoon.com) ले लन्डनमा आफ्नो शाखा विस्तारको प्रक्रिया सुरु समेत गरिसकेको छ ।

रेडिङमा आयोजित एक कार्यक्रममा सगुनका संस्थापक गोविन्द गिरीले बेलायतमा शाखा खोल्ने प्रक्रिया शुरु गरेको घोषणा गरेका हुन् ।

लगानीको अवसर लिएर आफूहरुमाझ आएकोमा बेलायतमा रहेका नेपाली समुदायले सगुनका संस्थापकसँग खुसी प्रकट गर्दै आभार समेत व्यक्त गरेका छन् ।

सोसल कमर्श साइट सगुनले बेलायतमा विभिन्न स्थानहरुमा औपचारिक र अनौपचारिक कार्यक्रम गरि शेयर निस्कासनको जानकारी गराएको छ ।

बेलायतबाट सगुनमा लगानीको अवसरको घोषणासँगै संसारभर रहेका नेपालीहरुले समेत लगानीको बारेमा जिज्ञासा राख्न थालेका छन् ।

नेपालीहरुको वाहुल्य रहेको विभिन्न स्थानमा भएका कार्यक्रममा सगुनका संस्थापक गोविन्द गिरीले क्रेडिट तथा डेविट कार्ड मार्फत पनि लगानी गर्न सकिने नयाँ व्यवस्थाको बारेमा जानकारी गराउँदै लगानीको अवसरको बारेमा बताएका थिए ।

विदेशमा व्यस्तताका बीचमा लगानी गर्न चाहनेहरुको सहजतालाई ध्यानमा दिदै क्रेडिट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाइएको बारेमा गिरीले भने, ‘क्रेडिट र डेविट कार्ड मार्फत लगानी गर्न पाउने नयाँ व्यवस्थाले प्रवासमा रहेका नेपालीहरु सहित अन्य सम्भावित लगानीकर्ताहरु लाभान्वित हुने विश्वास लिएको छु ।’

शेयर खरिदको लागि सहज बनाउन सगुनले ल्याएको नयाँ व्यवस्थाको बारेमा धेरैले चासो देखाएका थिए ।

बैङकमै गएर मात्र गर्न सकिने कारोवारलाई सहज बनाउँदै सगुनले अमेरिकी सेक्युरिटिज एक्सचेन्ज कमिसनको स्विकृतीमा क्रेडिट र डेविट कार्ड मार्फत लगानी गर्ने व्यवस्था मिलाएपछि धेरैले यसबाट लगानी गर्न सजिलो हुने बताएका छन् ।

क्रेडिट र डेविट कार्ड मार्फत शेयरमा लगानी गर्न अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो कम्पनी हो ।

बेलायतका नौं स्थानमा कार्यक्रम

सगुनले बेलायतमा ५ दिन विभिन्न ९ ठाउँमा कार्यक्रम आयोजना गरेको छ । अगस्ट १९ मा ह्यारो र वेम्व्लीमा, अगस्ट २० मा राइस्लीप र वुलीचमा, अगस्ट २१ मा फार्नवरो र अल्डर्सटमा, अगस्ट २२ मा लेष्टर र रेडिङमा कार्यक्रम गरेको सगुनले २३ मा भने एक अनौपचारिक भेटघाट कार्यक्रम गरेको छ ।

सबै कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष गरि २५ सय नेपाली समुदायका व्यक्तिहरुसँग सगुनले अन्तर्क्रिया गरेको छ ।

गैरआवासिय नेपाली संघ यूकेका अध्यक्ष मुछेत्र गुरुङले नेपालीहरुले शुरु गरेको सगुनको व्यवसायिक सफलताको कामना गर्दै एउटा नेपालीले शुरु गरेको अभियानलाई सहयोग गर्नु अर्को नेपालीको कर्तव्य भएको बताए ।

यसअघी नै क्रेडिट र डेविट कार्ड मार्फत लगानी गर्ने पहिलो स्टार्ट अप कम्पनी भएकोमा सगुनलाई प्राइम ट्रस्ट तथा फन्ड अमेरिकाका प्रमुख कार्यकारी अधिकृत स्कट पुर्सेलले वधाई दिएका थिए ।

पुर्सेलले भने, ‘क्रेडिट र डेविट कार्ड मार्फत लगानी जुटाउने रेगुलेसन ए प्लस अन्तर्गतको काउड फन्डिङ उद्योगको सगुन पहिलो कम्पनी भएको छ ।

यो सगुनका सम्भावित लगानीकर्ताहरुको लागि क्रान्तिकारी पहल हो । अब लगानीकर्ताहरुले क्रेडिटर डेविट कार्ड मार्फत समयको सदुपयोग गर्दै घरमै बसीबसी लगानी गर्न सक्नेछन् ।

अमेरिकामा भान्टिवसँग साझेदारी

सगुनले दोस्रो चरणमा अमेरिकाकै अग्रणी भुक्तानी प्रसोधन तथा प्रविधि सेवा प्रदायक कम्पनी भान्टिवसँग साझेदारी गरेको छ ।

भान्टिवले अमेरिकामा २५ अर्ब भुक्तानीहरुलाई सम्पन्न गरेको छ र यसलाई ८ लाखभन्दा बढी किनबेच गर्ने स्थलमा चलाउन मिल्छ।

‘सगुन पहिलो रेगुलेशन ए प्रमाणित कम्पनी हो जससँग हामीले क्राउडफन्डिङबाट लगानी जुटाउन सहकार्य गरिरहेका छौं ।

भान्टिवले सम्भावित लगानीकर्तालाई थप सुविधा दिएको छ जस अनुसार उनीहरुले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी कारोबार गर्न सक्छन् । हामी सगुनलाई उसको लगानीको लक्ष्य भेट्टाउने कार्यमा सहयोग गर्न पाउँदा उत्साहित छौं ।

सगुनजस्ता नवीन कम्पनीहरुले गर्दा हामीले हाम्रा सरल, छरितो तथा उत्कृष्ट सेवाको प्रदर्शन गर्न पाउँछौं”, भान्टिवका कम्पनी प्रमुख ग्रेग ओर्चले भने ।

बेलायतका बिभिन्न कार्यक्रममा सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले बेलायतमा रहेका नेपालीमाझ सगुनको दोस्रो चरणको शेयर निस्कासनको घोषणा गर्न पाउँदा खुसी प्रकट गर्दै लगानीका लागि व्यक्त चासोप्रति आभार प्रकट गरे ।

२ करोड डलर बराबर शेयर विक्रीको तयारी

सगुनले अमेरिकी कानुन रेगुलेशन ए प्लस अन्तर्गत मिनि आइपिओमार्फत सगुनले यस चरणमा २ करोड डलर बराबरको ८ लाख भन्दा वढी कित्ता शेयर विक्रि गर्ने योजना बनाएको छ ।

यस शेयर निस्कासनको पहिलो चरणमा ३४ सय भन्दा बढी लगानीकर्ता सगुनको शेयर खरिद प्रक्रियामा सहभागि भएका छन् ।

सगुनको यो चरणमा लगानी गर्नका लागि प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलरको शेयर किन्नु पर्ने हुन्छ ।

शेयर बिक्री कम्पनीको शेयर बिक्री सम्बन्धी सूचनाहरु sagoon.com/invest रहेको वेबसाइटबाट सञ्चालन गरिने सगुनले बताएको छ ।

नेपालीले शुरु गरेको अमेरिकी स्टार्ट अप कम्पनी सगुनमा पहिलो चरणमा लगानी गर्ने अवसर नपाएका तथा छुटेका विश्वभरका नेपाली तथा अन्य सम्भावित लगानीकर्ताहरुलाई पहिलो चरणकै मूल्यमा दोस्रो चरणमा शेयर विक्री गर्ने योजना सगुनको रहेको छ ।

सगुनले संसारभर छरिएर रहेका नेपाली समुदाय तथा एशियाली समुदायलाई लक्षित गरि लगानीको योजना सार्वजनिक गरेको छ ।

सगुन निकट भविष्यमै आफ्नो बहुप्रतिक्षित स्मार्ट कार्ड लिएर आउने तयारीमा छ । यसका लागि सगुनको अमेरिका, भारत र नेपालको टीम संयुक्त रुपमा काम गरिरहेको छ।