९ जेष्ठ २०८२, शुक्रबार | Sat May 24 2025


अमेरिकाको टेक्सासमा आएको समुद्री आँधीले जनजीवन अस्तव्यस्त


0
Shares

अमेरिकाको राष्ट्रिय आँधी केन्द्रले तुफानका कारण भारी वर्षा हुने र बाढी आउन सक्ने चेतावनी दिएको छ ।

प्रतिघण्टा २ सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको तुफानले तटीय क्षेत्र बढी प्रभावित भएको छ ।

हार्वे आँधीका कारण तटीय क्षेत्रका केही घर भत्किएका छन् भने धेरै रुख ढलेका छन् । भत्किएका घरमा मानिस फसेको हुन सक्ने आशंका गरिएको छ ।

टेक्सासको तटीय क्षेत्रमा विद्युत् सेवा बन्द भएको छ । आँधीका कारण भएको आगलागीमा एक जनाको मृत्यु भएको छ ।

अमेरिकी मौसमविद्हरुले अबको केही दिन ठूलो पानी पर्ने बताएका छन् । आँधीका कारण रकपोर्ट शहर बढी प्रभावित भएको छ ।

अमेरिकामा पछिल्लो १३ वर्षमा आएको यो नै सबैभन्दा ठूलो समुद्री आँधी हो ।(एजेन्सी)