Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


‘कठोर ब्रत भन्दा पीडितलाई राहत दिनु नै ठूलो धर्म हुनेरहेछ’


0
Shares

उनी मात्र हैन नेपाल विद्यार्थी संघकी केन्द्रिय सदस्य रेखा परियार, पवित्रा गौली र नमिता चौधरीको यसपटकको तीज बाढिपीडित लाई राहत बितरण गर्न मै बितेको छ ।

नेपाली महिलाहरुको महान पर्व तीजको दर खान क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारीहरुबाट संकलन गरिएको रकम बाट उनीहरुले तराईको बाढिपीडितलाई मलम लगाउने काम गरेका छन ।

तीजको अन्तिम ऋषी पन्चमीको दिन उनीहरुले रौतहटको परोहा नगरपालिका–१ मा रहेका जिगडिया बस्तीका दुईसय जनालाई कपडा सहितको खाद्यन्न बितरण गरेका छन ।

निराहार ब्रत बसेर महादेवको पुजा–आराधना गरेमा ठुलो पूण्य मिल्ने धार्मीक विश्वास बिपरित उनीहरु तीजको दर खाने दिन देखि ऋषीपन्चमीको दिनसम्म बाढिपीडितको घर आगनमा राहत बितरण गर्नमै समय बिताएका छन ।

उनीहरु भन्छन् ‘कठोर ब्रत बस्नु भन्दा पीडामा परेकालाई राहत दिनु ठुलो धर्म हो, त्यसैले यसपटक राहत संकलन गर्दा गर्दै तीज पर्ब आयो यही मौकामा हामीले रौतहट र सप्तरीका बाढिपीडितलाई राहत बितरण गरेका छौ ।’

उनीहरुले सप्तरीको सिसवामा रहेका अठार दलित घर परिवारलाई खाद्यान्न, यस्तै घोड़घासमा बाडीले बगाएको १५ घर परिवारलाई पाच हजार पाँच रुपैयाँ आर्थिक सहयोग समेत गरेका छन ।

यस्तै रौतहटको परोहा नगरपालिका–९ जिगडवाका बाढि पीडित २० घर परिबारलाई एक महिना पुग्ने गरी नेपाल विद्यार्थी संघ म्याग्दीले पाँच लाख पच्चहत्तर हजार बराबरको खाद्यान्न, दाल चामल, नुन तेल त्रिपाल, ओड्ने ओछ्याउने, लगायतका सामग्री हस्तान्तरण गरेका छन् ।

म्याग्दीका विद्यार्थीहरुले खाजा खर्च कटाएर रौतहटका बाढिपीडित लागि राहत संकलन गरेर बितरण गरिएको नेबिसंघ म्याग्दीका अध्यक्ष निर्मल खत्रिले बताए ।

उनले पुर्नअबस्थामा नआउन्जुलेसम्म थोरै सहयोगले पनि ठुलो काम गर्ने भएकाले यो सहयोग बाढिपीडितलाई गरिएको बताए ।

भुइचालोले घरबारबिहीन बनेका पहाडका पीडितलाई तराईबाट समेत राहत पुगेको थियो भने यस पटक तराईको बाढी पीडितलाई पहाड बाट समेत राहत आइरहेको छ ।