Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


बाढी र डुबानले विराटनगरका उद्योगहरु अस्तव्यस्त (हेर्नुहोस भिडियो)


0
Shares

 

उद्योगहरुले करोडौं रुपैयाँ बराबरको नोक्सानी बेहोर्नु परेको छ । मुख्य प्लान्टमा पानी पसेर क्षति पुगेपछि धेरै जसो उद्योग अहिले पनि बन्दको अवस्थामा छन् ।

सञ्चालनमा आएका उद्योगले पनि पूर्ण क्षमतामा उत्पादन गर्न सकेका छैनन् ।

दुई साता अघि आएको वाढी र डुवानले बिराटनगर करिडोर क्षेत्रका उद्योगहरुको मुख्य प्लान्टमा क्षति पुगेपछि यहाँका धेरै जसो ठुला उद्योग अहिले वन्द अवस्थामा छन् ।

वान टु थ्रि चाउचाउ उत्पादन गर्दै आएको मोरङको कटहरीमा रहेको क्वालीटी वाइल्डडिफाइनरीका प्रवन्धक निर्देशक विपिन काव्राले डुवानले मुख्य प्लान्टमा क्षति पुगेकाले उद्योग वन्दको अवस्थामा रहेको जानकारी दिए ।

उद्योगी काव्राले उद्योगको मेशीनरीमा ठुलो क्षति भएकाले उद्योग सञ्चालन गर्न अमmै एकसाता लाग्ने बताउँछन् ।

अविरल वर्षापछि स्थानीय खोलामा आएको वाढी र डुवानका कारण करिडोर क्षेत्र जलमग्न हुन पुगेको थियो । वाढी र डुवानपछिको स्थिती अहिले सामान्य वनिसकेको छ ।

तर पनि करिडोर क्षेत्रमा सञ्चालनमा आएका ठुला उद्योग पनि पुर्ण क्षमतामा आउन सकेका छैनन् ।

सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा रहेको अरिहान्त मल्टिफेवरेज लिमिटेडका प्रवन्धक गोविन्द वजगाईले उद्योगमा रहेका धेरै मेशिनरी सामानमा पानीले क्षति पुगेकाले दैनिक ८० टन जुटको तयारी वस्तु उत्पादन गर्ने उद्योगले अहिले कुल क्षमताको ५५ प्रतिशत मात्र वस्तु उत्पादन गदै आएको जानकारी दिए ।

पानी र डुवानपछि अहिले उद्योगहरुमा उतिकै मात्रामा कच्चा पदार्थको समेत अभाव देखिएको छ । करिडोर क्षेत्रमा रहेको आरती स्ट्रीप्स प्रालि वाढी र डुवानपछि सञ्चालनमा आउन सकेको छैन ।

उद्योगका प्रशासनिक प्रमुख दिवस नेपालले उद्योगलाई आवश्यक कच्चा पदार्थ सकिएका कारण उद्योग वन्द गर्नु परेको जानकारी दिए ।

उद्योग चलाउन सक्ने अवस्था रहे पनि भारतका विभिन्न स्थानमा पनि वाढी र डुवानले सडक विग्रिएकाले कच्चा पदार्थ वोकेका कन्टेनर वाटोमै रोकिंदा उद्योग सञ्चालनमा समस्या भएको प्रमुख नेपालले जानकारी दिए ।

उद्योग संगठन मोरङका अनुसार वाढी र डुवानले सुनसरी–मोरङ करिडोर र त्यस आसपासका क्षेत्रमा रहेका ठुला उद्योगहरुमा १ अर्व ४५ करोडको नोक्सानी भएको छ ।

“>