२९ श्रावण २०८२, बिहिबार | Fri Aug 15 2025


दाङमा बस दुर्घटना, २४ यात्री घाइते


0
Shares

तुलसीपुर, माघ ५ । दाङको तुलसीपुर–१२ मा भएको बस दुर्घटनामा २४ जना यात्री घाइते भएका छन् ।

तुलसीपुरबाट दमार गाउँतर्फ जाँदै गरेको रा१ख ४९४ नम्बरको बस शनिबार दिउँसो दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते तुलसीपुर–६ की आशा विक र तुलसीपुर–११ की गीता मल्ललाई थप उपचारका लागि नेपालगन्ज पठाएको छ । अन्य घाइतेको भने अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

बसमा २४ जना सवार रहेका थिए । रासस