दुबै राप्रपाले संघीय र प्रदेश संसदको निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गराएको हुन् ।
राप्रपा उपाध्यक्ष टंक ढकालको नेतृत्वमा आयोग पुगेको टोलीले दुबै तहका निर्वाचनमा भाग लिन दल दर्ता गराएको हो ।
टोलीमा महामन्त्री जयन्त चन्द, सहमहामन्त्री चन्द्रबहादुर गुरुङ, प्रवक्ताद्वय भुवन पाठक, सुशील श्रेष्ठलगायत नेता आयोग पुगेका थिए ।
यसैगरी राप्रपाबाट अलग्गिएको पशुपति शमसेर राणा नेतृत्वको समूहले राप्रपा प्रजातान्त्रिकको नाममा आयोगमा औपचारिक रुपमा दल दर्ता गराएको हो ।
करीब २०÷२२ जना नेताको समूह आयोगमा पुगेर दल दर्ता गराएका हुन् । राणा अध्यक्ष रहेको पार्टीका ध्रुवबहादुर प्रधान र सुनील थापा महामन्त्री छन् ।
रामचन्द्र राय, दीपक बोहरा र बिक्रम पाण्डेलाई भने उपाध्यक्षको जिम्मेवारी दिइएको छ । दल दर्ता गराउन सबे नेताहरु आयोग पुगेका थिए ।





प्रतिक्रिया दिनुहोस्